इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

इटहरी गोल्डकपको उपाधि काँकडभिट्टालाई


प्रशासन संवाददाता

३ चैत्र २०७३, बिहिबार


इटहरी । इटहरीको जनता खेल मैदानमा विहीवार भएको ११ औँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि डिफेन्डिङ च्याम्पियन काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले जितेको छ ।

शसस्त्र प्रहरीको एपिएफलाई शुन्यका विरुद्ध एक गोलका अन्तरले पराजित गर्दै काँकडभिट्टाले उपाधि जितेको हो ।

काँकडभिट्टाको जितमा खेलको ४९ औँ मिनेटमा विदेशी खेलाडी पिटरले गरेको गोल नै प्रतियोगिताको निर्णायक बन्यो ।

विजेता टिमले दुई लाख ट्रफी तथा उपविजेता एपिएफले एक लाख प्राप्त गरेको छ ।

बिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नगद तथा ट्रफि प्रदान गरे । रासस

प्रतिक्रिया दिनुहोस