काठमाडौं । सरकारले राजपत्र अनंकित कर्मचारीहरुलाई स्थानीय तहमा खटाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न सेवा समूहका कर्मचारीलाई नगरपालिका र गाउपालिका अन्तर्गत वडामा खटाउन प्रमुख जिल्ला अधिकारीले गर्न पाउने निर्णय गरेको हो ।
त्यस्तै, बैठकले विश्व बैंकको १० अर्ब ७० करोड सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै विदेशी लगानी नेपाल भित्र्याउन उद्योग मन्त्रीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय पनि गरेको सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।