भारतीय जनता पाटीद्वारा मणिपुरमा सरकार गठन « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

भारतीय जनता पाटीद्वारा मणिपुरमा सरकार गठन


३ चैत्र २०७३, बिहिबार


नयाँदिल्ली(एजेन्सी) । भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने मणिपुर राज्यमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठन गरेको छ ।
भारतीय जनता पार्टीका स्थानीय नेता एन विरेन सिंह प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ।
सो राज्यका गभर्नर नाज्मा हेप्तुल्लाले उनलाई सरकारी कार्यालय राजभवनस्थित गोपनीयताको सपथग्रहण गराउनु भएको स्थानीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

हालै भएको प्रदेशको निर्वाचनमा कुनैपनि राजनीतिक पार्टीहरुले स्पष्ट बहुमत ल्याएका छैनन् ।
मणिपुर राज्यमा संसदको कुल ६० सिट मध्ये निर्वाचनबाट काँग्रेसले २८ सिट जितेर सवै भन्दा ठूलो पार्टी भएको छ भने भारतीय जनता पार्टीले २१ सिट जितेको छ दोस्रो ठूलो भएपनि भाजपाले अन्य पार्टीहरुसँग मिलेर सरकार गठन गरेको हो ।

गत मङ्गलबार मात्रै पश्चिमी राज्य गोवाको मुख्य मन्त्रीमा मनोहर पर्रिकार नियुक्त भएका थिए । गोवामा पनि भारजपाले नै अन्य दलहरुसँग मिलेर सरकार बनाएको छ ।
आफ्नो कार्यकाल सकिएका पूर्व मुख्यमन्त्रीहरुले मुख्यमन्त्रीको कार्यालय छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस