Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन सफल पार्न निजी क्षेत्रबाट सरकारको ठूलो अपेक्षा छः प्रधानमन्त्री


३ चैत्र २०७३, बिहिबार


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचनलाई सफल पार्ने सवैको दायित्व भएको बताएका छन् । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको विहीवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्रीले संविधान कार्यान्वयनको महत्वपूर्ण पक्ष सिंहदरवारमा निहित अधिकार र स्रोत साधनलाई गाँउ गाँउसम्म पुर्याउने गरी नयाँ संरचना अनुरुप स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याइएको बताए ।

उनले भने,‘स्थानीय सरकारलाई सशक्त बनाउन सरकारले स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । यसलाई सफल रुपमा सम्पन्न गर्ने कार्यमा निजी क्षेत्रबाट समेत सरकारले ठूलो सहयोगको अपेक्षा गरेको छ ।

सरकार आर्थिक विकासका लागि उत्तिकै सचेत छ । आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरुलाई सरकारले पारित गर्ने काम निरन्तर रुपमा अगाडि बढाएको छ ।’

प्रधानमन्त्रीले नेपाल उद्योग वाणिज्य महासंघ लगायत निजी क्षेत्रको सल्लाह सुझाव समेतलाई मनन गरी देशमा लगानी मैत्री वातावरण तयार गर्ने उदेश्यले नै सरकारले ती ऐन कानूनहरु ल्याएको बताए । प्रधानमन्त्रीले भने, ‘तपाईहरु आर्थिक विकासमा निरन्तर अगाडी बढ्नुहोस, सरकारले आर्थिक सम्वृद्विको मूल्यमा कहाँ कस्तो प्रकारको सहयोग गर्नुपर्छ मेरो पुरै सहयोग तपाईहरुलाई हुने छ ।

राजनीतिक स्थायित्व होला अनि आर्थिक विकासलाई अगाडी बढाउला भनेर हामी कुरेर बस्ने अवस्था अव छैन । अतः प्रतिकूलताभित्र अनूकूलता पत्ता लगाउँदै अगाडी बढ्नुको विकल्प छैन । किनभने हामी धेरै पछाडी परिसकेका छौं, अव यो भन्दा पनि पछाडी पर्ने अवस्था आउन नदिनेतर्फ हामी सकैमो सचेत प्रयत्न आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस