कांग्रेस नेता ढुंगेलको निधन « प्रशासन
prasaLogo
३ चैत्र २०७३, बिहीबार

कांग्रेस नेता ढुंगेलको निधन


प्रकाशित मिति : 16 March, 2017 11:40 am

काठमाडौँ । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित डेरामा सुतिरहेकै अवस्थामा निधन भएको छ ।

पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिनुभएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

बिहान अबेरसम्म ढोका नखुलेपछि उनका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोलेका थिए ।

पूर्व कृषि सहायकमन्त्री समेत रहेका ढुङ्गेल अविवाहित थिए ।

डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आएका उनी २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । रासस

प्रतिक्रिया दिनुहोस