Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लैङ्गिक असमानता अन्त्य गर्ने नेपालको प्रतिबद्धता


३ चैत्र २०७३, बिहिबार


काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले लैङ्गिक असमानता, गरिबी, बेरोजगारी, भेदभाव अन्त्य तथा महिलाहरुलाई सुरक्षित कार्यस्थल सुनिश्चित गर्न नेपाल सरकारले सकारात्मक एवम् समावेशी नीति अवलम्बन गरेको बताएका छन् ।

विश्वका महिलाहरुको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महिला आयोगको ६१औँ बैठकलाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै उनले महिला सशक्तीकरण र लैङ्गिक असमानताको अन्त्यका निम्ति सरकारले कानुनी एवम् संस्थागत संयन्त्र खडा गरी तिनलाई कार्यान्वयन गरेको बताए ।

‘विश्वमा बदलिँदो कार्यप्रकृति र महिलाको आर्थिक सशक्तीकरण’ विषयक छलफलमा नेपाली प्रतिनिधिमण्डलका नेता मन्त्री खड्काले महिलाहरुको आर्थिक सशक्तीकरणका लागि बेइजिङ घोषणापत्रको पूर्ण कार्यान्वयन, दिगो आर्थिक विकासका लक्ष्य, नं ५ र ८ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुभएको संयुक्त राष्ट्रसङ्घका लागि न्युयोर्कस्थित स्थायी नेपाली नियोगले जनाएको छ ।

नेपालका प्रमुख पदहरुमा महिला नेतृत्वले उल्लेखनीय प्रगति गरेको जानकारी दिँदै उहाँले आप्रवासी महिलाका आधारभूत अधिकार र सुरक्षा चुनौतीका रुपमा रहेको बताए ।

उनले महिलाहरुको आर्थिक, सामाजिक एवम् राजनीतिक अधिकारको प्रत्याभूति तथा लैङ्गिक समानताको प्रत्याभूतिका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए । साथै, मन्त्री खड्काले विश्वव्यापीरुपमा नै महिलालाई सशक्त तुल्याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग र साझेदारी अपरिहार्य भएको बताउँदै त्यस निम्ति नेपाल सरकार मिलेर काम गर्न तयार रहेको जानकारी दिए ।

उक्त नियोगका अनुसार आजै मन्त्री खड्काले नर्वेका उपविदेशमन्त्री लयला बोखारीसँग भेटवार्ता गरे । त्यस अवसरमा उनीहरुबीच महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विविध पक्षबारे छलफल भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस