Logo ४ फाल्गुन २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सोह्रबर्षपछि चिकित्सक आउँदा बाजागाजासहित स्वागत


३ चैत्र २०७३, बिहिबार


बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन्

वि.सं. २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक मुकेश दयालले बताए ।

आफ्नै ठाउँको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि आफूहरु धेरै खुसी भएको स्थानीय समाजसेवी शङ्करदत्त जोशीले बताए । प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि समान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता हट्ने मेलौलीका केशवसिंह भाट बताए ।

मेलौलीमा चिकित्सक आएसँगै स्वास्थ्य बीमाको सेवासमेत सुरु हुने भएको छ । स्वास्थ्य बीमाअन्तर्गत केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि उपचारका लागि सूचीकृत संस्थामा राखिएको छ । यसैबीच, डा. कार्कीलाई स्थानीय बासिन्दाले बाजागाजासाथ स्वागत गरेका छन् । १६ वर्षपछि आफ्नो गाउँमा चिकित्सक पुगेपछि स्थानीय बासिन्दाले स्वतःस्फूर्तरुपमा स्वागत गरेको स्वास्थ्य सहायक दयालले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थीले आफूले बैतडीमा आएदेखि नै मेलौलीमा चिकित्सकको दरबन्दी परिपूर्तिका लागि स्वास्थ्य सेवा विभागमा धाएको बताए । उनले भने, “सरकारसँग धेरै पटक अनुरोध गरेपछि बल्ल चिकित्सक आएका छन् ।”

सरकारले चालु आवको पुसदेखि बैतडीमा स्वास्थ्य बीमा कार्यक्रम पनि सञ्चालनमा ल्याएको छ । स्वास्थ्य बीमा गरेका नागरिकका लागि उपचार गर्न केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि सूचीमा राखिएको छ । स्वास्थ्य बीमाको सेवा गत फागुनदेखि जिल्लामा सुरु पनि भइसकेको छ ।

दक्षिण एसियाकै पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानीको जन्मभूमि मेलौलीमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भए पनि चिकित्सक नहुँदा त्यो क्षेत्रका नागरिकले प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्राप्त गर्न सकेका थिएनन् ।

प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक आएपछि सामान्य बिरामीले पनि भारतीय अस्पताल अथवा जिल्ला अस्पताल बैतडी, उपक्षेत्रीय अस्पातल डडेल्धुरा जानुपर्ने बाध्यता अन्त्य हुने मणिलेक मावि काँडा मेलौलीका प्राचार्य देवदत्त कलौनीले बताए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस