Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

धानखेती भन्दा माछापालनमा तेब्बर बढी आम्दानी


३ चैत्र २०७३, बिहिबार


मोरङ । वैदेशिक रोजगारीबाट फर्किएका मोरङको हसन्दह–२ का चारजना युवा मिलेर माछापालन गरेर खाद्य बाली (धान)को तुलनामा तेब्बरभन्दा बढी आम्दानी लिन थालेका छन् ।

विसं २०७० मा वैदेशिक रोजगारीबाट फर्किएका चारजना युवाले १५ वर्षका लागि जग्गा (धान लगाउँदै गरेको खेत) भाडामा लिएर माछापालन व्यवसाय सुरु गरिएको हो । ती चारमध्ये एकजना चेतन दाहालले भने, “२०७१ सालमा खर्च कटाएर २५ लाख आम्दानी भयो । गत वर्ष ६० लाख ।” २०७३ सालमा ७५ लाख आम्दानीको लक्ष्य रहेको उनको भनाइ छ ।

१५ बिघा जमिनमा धान लगाएको प्रत्येक साल १२ लाख आम्दानी हुँदै आएको थियो । खाद्यबालीको तुलनामा तेब्बरभन्दा बढी आम्दानी हुन थालेपछि त्यहाँका किसान माछापालनतर्फ आकर्षित भएका हुन् । उनीहरुको न्यू सगरमाथा नेचुरल फार्मले ४० लाखकोलगानीमा १५ बिघा जग्गामा माछापालन सुरु गरेको छ । त्यसमध्ये साढे १० बिघा क्षेत्रफलमा जलाशययुक्त १३ वटा पोखरी रहेका छन् । उनीहरुले सञ्चालन गरेको माछा फार्ममा हाल स्थानीय चारजनाले रोजगारी पाएका छन् । बजारमा माछाको माग उच्च भएर धान्न गाह्रो भएको दाहालको भनाइ छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालीका र दुर्गापुरी र बाहिरबाट आउने व्यापारीलाई माछा दिन नसकेको उनको भनाइ छ । हाल पोखरीमा रहु, नैनी, ग्रासकार्प, कमनकार्प, विगहेड, सिल्भर, भाकर र हिलापिया गरी आठ जातका माछा रहेका छन् । फार्मका निर्देशक मनोजकुमार गौतमले भने, “कृषिमा यान्त्रीकरण सरकारको नारा मात्र बनेको छ । भारतमा माछालाई शत्रुबाट जोगाउन ‘फाँसीजाल’ को प्रयोग हुन्छ, नेपालमा त्यो सामान्य कृषियन्त्र हाम्रो पहुँचमा छैन ।”

यहाँ रहु र नैनी जातका माछाको माग उच्च रहेको छ । माछाबाट राम्रो आम्दानी लिएको र बजारमा उच्च माग भएको देखेपछि अहिले हसन्दह–२ मौलीबारीका किसान दुई बाली धान हुने खेत मास्दै पोखरी खन्न थालेका छन् । नेत्र बस्नेत, धनबहादुर भट्टराई, सुवास निरौला, जगत भट्टराई र दीपक खड्काले पोखरी खनिसकेका छन् । रासस

प्रतिक्रिया दिनुहोस