१५ चैत्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दैनिक चार घन्टा हिँडेर विद्यालयमा पढ्दै

अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको ठाडाखानीका विद्यार्थी मावि तहको शिक्षा हासिल गर्न दैनिक ४ घन्टा हिँडेर पाखापानीको विद्यालयमा पढने गरेका छन् ।

गाउँमै मावि तहको विद्यालय र छात्रावासको सुविधा नहुँदा ठाडाखानीका बालबालिका पाखापानीमा रहेको अमर माविमा पुग्ने गरेका हुन् ।

खोल्सा र वनजङ्गलको बाटोमा २ घन्टा हिँडेर विद्यालय पुग्ने बालबालिकालाई घर फर्कनसमेत त्यतिकै समय लाग्ने गरेको छ । विद्यालय टाढा हुँदा आधारभूत तहको कक्षा ८ सम्मको शिक्षा हासिल गरेका बालबालिकाले पढाइलाई निरन्तरता दिन नसकेको ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयकी प्रअ खिममाया छन्त्यालले बताइन् ।

उनका अनुसार ठाडाखानीका करिब ३० विद्यार्थी कक्षा ९ र १० अध्ययनका लागि पाखापानी जाने गरेका छन् । “हुनेखानेहरु बेनी, पोखरा, काठमाडौँमा जान्छन्”, प्रअ छन्त्यालले भने, “विपन्न र गरिब समुदायका बालबालिकालाई समस्या परेको छ ।” बिहान ८ बजे विद्यालय हिँड्ने विद्यार्थी साँझ ६ बजे घर पुग्छन् । विद्यालय पुग्न र घर फर्कनै धेरै समय लाग्ने भएपछि गृहकार्य तथा घरमा अध्ययन गर्न नपाउने अवस्था रहेको विद्यार्थी प्रिया छन्त्यालले बताइन् ।

साबिकको पाखापानी गाविस–५ र ६ मा पर्ने ठाडाखानी गाउँमा ९० घरपरिवारको बसोबास छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको छ । छोराछोरी पढाउनका लागि दश घरपरिवारले बसाइँसराइ गरिसकेका छन् ।

ठाडाखानी, रायखोर, कुइनेको भिङखानीलगायत भौगोलिकरुपमा विकट र दुर्गम बस्तीका विद्यार्थीको सुविधाका लागि अमर माविमा छात्रावास स्थापना गर्न पहल गरिएको प्रअ युकुमार गर्बुजाले बताए । छात्रावास सञ्चालन गर्न भवनको व्यवस्थाका लागि पहल गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस