जलयात्राका लागि कालीगण्डकीमा पर्यटक आउने क्रम सुरु « प्रशासन
Logo २४ आश्विन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जलयात्राका लागि कालीगण्डकीमा पर्यटक आउने क्रम सुरु


प्रशासन संवाददाता

२ चैत्र २०७३, बुधबार


पर्वत । गर्मीयाम सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ)सुरु भएको छ ।

जलयात्राको याम सुरु भएसँगै कालीण्डकीमा पर्यटक आउने क्रम बढेको छ । जाडो यामको समाप्तिसँगै बर्सेनि फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरेका छन् ।

लामो, समथर र कम बहाव भएका कारण बाह्य पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई रोज्ने गरेका छन् । स्वेदशी पर्यटकको आवागमन समेत बढेको नदी पथप्रदर्शक रवीन गुरुङले बताए । अहिले दैनिक करिब दश वटा समूहसम्ममा पर्यटक आउने गरेका छन् ।

पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । कुश्मा नगरपालिका– १ स्थित नयाँ पुल तथा मालढुङ्गाबाट सुरु हुने जलयात्रा स्याङजा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ । तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रुपमा रहेको छ । कालीगण्डकीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन् ।

जिल्लामा जलयात्राको क्षेत्रमा काम गर्ने निकाय नभएकाले छिमेकी सहर पोखराबाट विभिन्न पर्यटन व्यवसायीको सहयोगमा पर्यटक जलयात्राका लागि कालीगण्डकी आउने गर्दछन् । जलयात्राका लागि गन्तव्यस्थल बनाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न पर्यटन व्यवसायीले माग गरेका छन् ।

नदीमा जलयात्रा गर्ने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्नेलगायत कारणले जलयात्रा गर्न असहज भएको पर्यटक पथप्रदर्शक गणेश पुन बताउँछन् । अर्मादी नजिकै खोलाको बिचमा रहेका ठूला ढुङ्गा नहटाउँदा समस्या आउने गरेको उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस