Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

जलविद्युतमा चार अर्ब भन्दा बढीको लगानी प्रतिबद्धता


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


काठमाडौँ । ‘नेपालको पानी जनताको लगानी’ भन्ने नाराका साथ ऊर्जा मन्त्रालयले अगाडि सारेको अभियानमा हालसम्म चार अर्ब चार करोड बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २९ हजार २८४ जनाले लगानीका लागि प्रतिबद्धता जनाएका छन् । व्यक्तिगत रुपमा तीन अर्ब ३८ करोड २४ लाख ४२ हजार ८२५ लगानी गर्ने प्रतिबद्धता आएको छ ।

यस्तै कुल ३८ कम्पनी तथा सङ्घसंस्थाले ६५ करोड ८१ लाख ७५ हजार बराबरको प्रतिबद्धता जनाएका छन् । हालसम्म प्राप्त भएको प्रतिबद्धताअनुसारको रकमबाट १०० मेगावाटदेखि १५० मेगावाटसम्मको आयोजना निर्माण गर्न सकिने ऊर्जा मन्त्रालयले जनाएको छ ।

लगानीको प्रतिबद्धता जनाउन र मुलुक निर्माणको महाअभियानमा सहभागी हुन ऊर्जा मन्त्रालयले आम नागरिक तथा सङ्घसंस्थालाई आग्रह गरेको छ ।

मन्त्रालयले केही दिनभित्रै एउटा आयोजना छनोट गर्ने र अझै ठोस रुपमा लगानी परिचालन गर्ने तयारी गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस