भारतीय वित्तमन्त्रीलाई रक्षामन्त्रीको पनि दायित्व « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भारतीय वित्तमन्त्रीलाई रक्षामन्त्रीको पनि दायित्व


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


नयाँदिल्ली(एजेन्सी) । भारतीय वित्तमन्त्री अरुण जेट्लीले मङ्गलबार रक्षामन्त्री थप कार्यभार सम्हालेका छन् । भारतीय रक्षामन्त्री मनोहर पार्रिकारले पदबाट राजीनामा दिएपछि जेट्लीलाई औपचारिक रुपमा सो पदको जिम्मेदारी दिइएको हो ।

पार्रिकार आफ्नो गृह नगरको गोवाको मुख्य मन्त्रीका लागि उनले रक्षामन्त्रीको पद त्याग गरेका थिए । स्रोतका अनुसार जेट्लीलाई सोमबार साँझ नै सो पदको जिम्मेवारी दिइएको थियो ।

पार्रिकारले दिनुभएको राजीनामा भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट स्वीकृत भएको केही घन्टामा नै जेट्लीलाई रक्षामन्त्रीको थप कार्यभार दिइएको थियो ।

सन् २०१४ मा भारतीय जनता पार्टी (भाजपा)ले सत्ता सम्हाल्लेपछि ६ महिनासम्म यसअघि पनि जेट्ली दुईवटा मन्त्रालय सम्हालेका थिए ।

अर्को रक्षामन्त्रीको नियुक्ति नभएसम्म जेट्लीले सो कार्यभार सम्हाल्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस