पुरुष भलिबल प्रतियोगिता हुने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पुरुष भलिबल प्रतियोगिता हुने


१ चैत्र २०७३, मंगलबार


पोखरा । लेखनाथ नगरपालिका– ५ मालेपाटनको खेलमैदानमा जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

जिल्ला भलिबल सङ्घ, कास्कीको समन्वय एवम् अभियान युवा क्लबको आयोजनामा यही चैत ३ गतेदेखि ५ गतेसम्म सो प्रतियोगिता हुने छ ।

जिल्लाका विभिन्न क्लब, सङ्घसंस्था र टिमको सहभागिता रहने मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक जयप्रकाश थापाले जानकारी दिए । विजेतालाई ५० हजार तथा उपविजेतालाई ३० हजार ५५५ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताबाट करिब दुई लाख ५० हजार आम्दानी तथा दुई लाख २५ हजार खर्च हुने आयोजकले जनाएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस