Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनका लागि करिब दुई लाख कर्मचारी आवश्यक पर्ने भएको छ ।

निर्वाचन गराउनका लागि करिब दुई लाख १८ हजार कर्मचारी आवश्यक पर्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । “अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ”, उनले भने, “त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक कर्मचारी सरकारसँग माग गर्छौं ।” उनका अनुसार एक मतदान केन्द्रमा आठ जनाका दरले कर्मचारी राख्ने तयारी छ ।

अहिले हामीले जिल्ला निर्वाचन कार्यालयलाई उपयुक्त मतदान केन्द्र तोक्न भनेका छौँ”, उनले भने, “त्यसपछि हामीले निर्वाचन गराउन आवश्यक कर्मचारी सरकारसँग माग गर्छौं ।”

एक केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, मतदाताको नाम रुजु, बूढीऔँलामा मसी लगाउने र सहायक गरी पाँच सरकारी कर्मचारी र तीन स्थानीय स्वयंसेवक राखिने छ । आयोगले मतदान अधिकृतका रुपमा उपसचिव, शाखा अधिकृत र नायब सुब्बासरहको कर्मचारीलाई खटाउने छ ।

प्रवक्ता शर्माले आवश्यक कर्मचारीका रुपमा निजामती र सङ्घसंस्थानका कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षकलाई खटाइने बताए । रासस

प्रतिक्रिया दिनुहोस