Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुर्घटनामा दुईको मृत्यु


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


बस दुर्घटना

रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिकामा मंगलवार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । लु ९ प ४४८८ नंको मोटरसाइकललाई पश्चिमबाट पूर्वतर्फ आइरहेको लु १ ज २२३० माइक्रोबसले सैनामैना– २ झारगैरामा ठक्कर दिँदा स्थानीयवासी ४८ वर्षीय नारायण खनाल र उनकी ३२ वर्षीया श्रीमती कमलाको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोही माइक्रोबसले एक साइकललाई समेत ठक्कर दिँदा दुई जना घाइते भएका छन् । ठक्करबाट साइकलमा सवार स्थानीयवासी नरेश ठाकुर र उहाँकी छोरी पश्चिमा घाइते भएको प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार बाटो मोड्ने क्रममा माइक्रोबसले ठक्कर दिएपछि गम्भीर घाइते भएका खनाल दम्पतीको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जनाइएको छ । ठक्कर दिने माइक्रो बस प्रहरीको नियन्त्रणमा छ । रासस

प्रतिक्रिया दिनुहोस