Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

आगलागीमा परी ४० को मृत्युपछि मन्त्रीको राजीनामा


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


ग्वाटेमाला(एजेन्सी) । मध्य अमेरिकी राष्ट्र ग्वाटेमालाको एक बालबालिका पुनःस्थापना केन्द्रमा गत बुधबार बिहान भएको भीषण आगलागीमा परी ४० किशोरीको मृत्यु भएपछि त्यहाँका समाज कल्याणमन्त्री कार्लोस रोडास्ले राजीनामा दिएका छन् ।

उनले आफूले घटनालगत्तै राजीनामा नदिएको र दुर्घटनाबाट बाँचेका व्यक्तिलाई उपचारको व्यवस्था र शरणार्थीस्थलको व्यवस्था मिलाएरमात्र राजीनामा गरेको बताएका छन् ।

सो आगलागी बालिका तथा किशोरी बसोबास गर्ने आश्रयस्थलतर्फ भएको थियो । आगलागीमा परी तत्काल १९ किशोरीको मृत्यु भएको थियो ।

यस पुनःस्थापना केन्द्र आगलागीमा ज्यान गुमाउने सबै १४ देखि १७ वर्षका किशोरी भएका अधिकारीले जानकारी दिएका छन् ।

पुनःस्थापना केन्द्र राजधानी ग्वाटेमाला सिटीदेखि टाढा एक ग्रामीण इलाकामा अवस्थित छ । अनाथ वा दुःख र पीडामा परेका, समाजिक दुरूपयोग, शोषण वा दुव्र्यसनका सिकार भएका, जोखिममा परेका, घरपरिवारबाट त्यागिएका, बाल सुधार केन्द्र (कारावास) को सजाय भोगेर छुटेका तर जाने ठाउँ अन्यत्र कहीँ नपाएर अलपत्र परेका बालबालिका तथा किशोरकिशोरीलाई पालनपोषण गरी आश्रयस्थल उपलब्ध गराउने प्रयोजनले राज्यद्वारा उक्त केन्द्र सञ्चालन भएको थियो ।

भर्जिन ‘अफ द एज्जम्पसन’ सेफ होम नामक उक्त पुनःस्थापना केन्द्रमा अटाइनअटाई, क्षमताभन्दा बढी बालबालिकालाई भर्ना गरिएको थियो ।

बालिकाको खण्ड (सेक्सन) पट्टि गत बुधबार बिहान ९ः०० बजेदेखि सुरु भएको आगलागीले केहीबेरमै भीषण रूप धारण गरी फैलिएकाले धनजनको यति ठूलो नोक्सान भएको थियो ।

प्रतिक्रिया दिनुहोस