हिमपातले मनाङमा पर्यटक अलपत्र « प्रशासन
prasaLogo
१ चैत्र २०७३, मंगलवार

हिमपातले मनाङमा पर्यटक अलपत्र


प्रकाशित मिति : 14 March, 2017 2:32 pm

मनाङ । बाक्लो हिमपातका कारण मनाङमा स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।

हिमपातका कारण बाटो अवरुद्ध भएपछि पर्यटक आफ्नो गन्तव्यमा पुग्न पाएका छैनन् । अन्नपूर्ण पदमार्गहुँदै यहाँ आइपुगेका पदयात्री यतिखेर हिउँमा लड्दैपड्दै ओहोरदोहोर गरिरहेका छन् ।

बाटोमा हिउँ पन्छाउँदै पर्यटक आफ्नो यात्रालाई निरन्तरता दिइरहेका छन् । हिउँ पर्न रोकिए पनि ठाउँठाउँमा गएको हिमपहिरोका कारण बाटो अवरुद्ध भएको छ । हिउँसँगै ढुङ्गा खस्दा तथा रुखका हाँगा भाँचिएपछि यात्रा गर्न कठिनाइ भएको पर्यटकले बताएका छन् ।

बाक्लो हिमपातपछि ठाउँठाउँमा पहिरो जाँदा पैदलयात्रा जोखिम हुनपुगेको पर्यटकले बताएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस