नयाँ ठाउँ नयाँ अनुभव « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

नयाँ ठाउँ नयाँ अनुभव


प्रशासन संवाददाता

१ चैत्र २०७३, मंगलबार


नर्वे कस्तो होला ? त्यहाँ कस्ता खालका मानिसको बसोबास हुन्छ होला ? मानव अधिकारको अवस्था, र हामी जस्तै अन्य देशबाट आउने सहभागी र सहकर्मीहरुको भाषा अनि संस्कृति कस्तो होला ? त्यहाँको मौसम, खानपान,सुरक्षा, अनि शिक्षाको अवस्था कस्तो होला जस्ता अनेक तरंग मनमा थियो । मन तरंगित हुनु स्वभाविक पनि थियो । विदेशको नाममा नेपाल र भारतको सिमानामा पर्ने पलिया, दार्जिलिङ, तिकुनिया बाहेक विदेशको अरु अनुभव मलाई थिएन । म नत बाहिर धेरै बसेको नत घुमेको नै ।

ईन्सेकको सहभागी प्रतिनिधको रुपमा एफ. के युथ एक्सचेन्ज कार्यक्रममा भाग लिनु नै मेरो नर्वेको यात्रा हो । जसमा जीवन उपयोगी सीप र त्यहांको बसाईमा एफ.के नर्वे के हो ? यसले केमा काम गर्छ ? र त्यसको समय तालिकावारे तयारी कक्षामा सिकाईएको थियो । सिकाईएको विषयवारे तयारी गर्दागर्दै घडीले ०५ः०० बजाइसकेको रहेछ । मेरो ०८ः४५ मा नर्वेको फ्लाईट थियो । अगाडी नै झोला सबै तयारी भईसकेकाले म ट्याक्सी समातेर एअरपोर्ट लागें ।

नर्वे जान काठमाडौंबाट कतारको राजधानी दोहाको हमाद अन्तर्राष्ट्रिय एअरपोर्ट भएर जानुपर्ने रहेछ । करिब ४ घण्टापछि पाईलटले हामीलाई यही एअरपोर्टमा पुर्याए । ७ घण्टाको ट्रान्जिटपछि नर्वेको यात्रा सुरु भयो । गन्तव्यस्थलको नजिक पुगिरहँदा अगाडि सम्झिएका कुराहरु एक्कासी मनमा ठोक्किएर आउन थालेपछि मुटुको धड्कन अली बढेर आउन थाल्यो । यस्तै क्रम चलिरहँदा गन्तव्यस्थल नर्वे पुगेको एक घण्टामै हामीलाई रिसिभ गर्न एफ. के नर्वेको एक जना म्याडम आउनुभयो ।

एअरपोर्टबाट वाहिर निस्कने क्रममा खुब चिसो लाग्यो नर्वे, त्यसैमा हावाको वेग पनि चल्दा । भन्ने सुनेको थिए चिसो निकै हुन्छ भनेर ठ्याक्कै त्यस्तै रहेछ नर्वे । यसको भौगोलिक बनावट पहाडी एवम् हिमाली रहेछ । १२ महिनामा ९ महिना चिसो हुने रहेछ । त्यसैले नै होला जता हेर्यो त्यतै हिउँ नै हिउ देखिने अनि हावा चलिरहने । रुख, विरुवाहरु कमै मात्रामा देख्न पाईन्थ्यो, त्यसमा पनि साना–साना । हाम्रो बसाई अनि कार्यक्रम पनि हुर्दल होटेलमै रहेछ । त्यस दिन साँझ परेकाले हामी खाना खाएर कोठामा सुत्न गयौं ।

हामीलाई कार्यक्रमको समय तालिका उपलब्ध गराईएकाले त्यही बमोजिम म विहानै नित्यकर्म गरि आफ्नो कार्यक्रम स्थलतर्फ लागें । कार्यक्रम अवधिभरमा हामीलाई एफ.के नर्वे, सामाजिक सञ्जाल, विकास के होे, दिर्घकालीन विकासका लक्ष्यहरु, सफलताका कथा, आफुमा भएको सम्भावना र यसको प्रयोगका वारेमा जानकारी पाईयो भने पहिचान झल्किने कुराहरुमा जस्तै पहिरन, गित अनि सांस्कृतिक नृत्यहरु प्नि एक आपसमा सहभागी भएर कल्चर सो गर्ने मौका पाईयो । त्यति मात्रै होईन विविधताको सम्मान, परिवर्तन पहिला आफंैबाट, आफुमात्र होईन अरुलाई पनि सँगै लग्नुपर्नेलगायतका कुराहरु जीवन्त रुपमा ज्ञान सिक्न र साटासाट गर्ने मौका पाईयोे ।

नर्वेमा मानव अधिकारको अवस्था विश्वमै नमुना छ । जहाँ मानिसले जेल जिवन विताउनु पर्दैन । झुठ बोल्ने र ठग्ने कुरालाई नर्वेजियन सरकारले ठुलो विषयवस्तुका रुपमा लिने गरेको छ । त्यसैले यहाँ कसैले कसैलाई ठग्दैन । यदि गलत भएमा माफी मागियो भने त्यसलाई सरकारले सहजै स्विकार गर्दछ । यदि झुठ बोल्यो भने मानवीय क्षति होइन जरिवाना सहित दण्डित गरिन्छ ।

समयको सबैभन्दा बढी पालना गर्नुपर्ने हुन्छ । जुन कार्यक्रममा कुनै महत्वपुर्ण व्यक्ति आउन ढिलाई भएमा कार्यक्रम रोकिदैन, चलिरहन्छ । मानव सुचकाङ्कको स्थिति हेर्दा विश्वका देशमध्ये पहिलो दर्जामा यो पनि पर्दछ । यो देशमा लगभग प्रतिव्यक्ति महिनाको ५५ हजार कमाई छ । जहाँ नेपालको प्रतिव्यक्ति कमाई ७ सय ५० मात्र छ ।

जुन देशको सडक–सञ्जालमा गाडिको हर्न बज्दैन । बाटो क्रस गर्दा साइडलाईटको प्रयोग महत्वपुर्ण मानिन्छ । आफ्नो साईड बाहेक अरुको साईडमा गाडी चलाउन पाईदैन । गाडी पार्किङ गर्दा सिधा पार्किङ गनुपर्दछ । यहाँ मोटरसाइकल चलाउँदैनन् । सबै सवारी साधनहरु जिपदेखि माथि अनि ठुला हुन्छन् । बसहरु सुरक्षाका हिसाबले बढी मजबुत र आरामदायी हुन्छन् । पर्यटनको अत्यन्त सम्भावना रहेको छ । रमाइला डाँडापाखा । समुन्द्रको सुन्दर दृश्यावलोनकले मनै लोभ्याउछ । जता हेर्दा पनि हिउँ देखिन्छ । यहाँसम्म ल्याई पुर्याउन राजाको महत्वपुर्ण हात र समर्थन रहेछ नर्वेमा ।

नेतृत्व विकास, सद्भाव, मानव विकासको मापन लगायतका विषयमा भएको छलफल र भ्रमणले मेरो जीवनमा नयाँ यात्रा नयाँ अनुभुति भएको छ । यो यात्राले विभिन्न संस्कृति र मानिसहरुसित चिनजान गराएको छ । यसले म मा जीवनमा केही गर्ने थप उर्जा पनि मिलेको छ ।
गगन कठायत एफ.के फेलो अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) धनगढीमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस