१४ चैत्र २०८१, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधि खुवाउन एकवर्ष समय थप

अ+ अ-

धनकुटा । जिल्लाका दुई नगरपालिकामा हात्तीपाइले रोगको सङ्क्रमण देखापरेको भन्दै छ वर्ष खुवाउने औषधि अवधि पूरा भएपनि एक वर्ष थप हुने भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले पत्रकारसम्मेलन गरी सोमबार जनाएको छ ।

जिल्लाका तीन नगरपालिकासहित चार गाउँपालिकामा यही चैत ५, ६ र ७ गते अन्तिम चरणको हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भनिएपनि पुनः एक वर्ष थप गर्नुपर्ने अवस्था रहेको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

धनकुटामा विगत ५ वर्षदेखि यो औषधि वितरण कार्यक्रम हुँदै आएको छ । यस वर्ष धनकुटामा एक लाख ४६ हजार तीनसयलाई औषधि वितरण गर्न चारसय ८० केन्द्र तोकिएको छ ।

जिल्लामा ७५ हजार तीनसय ५६ महिला र ७० हजार नौसय ४५ पुरुषलाई यो वर्ष यो औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हात्तीपाइले रोगविरुद्ध औषधि वितरणका लागि नौसय ३० स्वयम्सेवक र दुईसय स्वास्थ्यकर्मी परिचालन गरिने कार्यालयले जनाएको छ । हात्तीपाइले रोगले मानिसलाई शारीरिकरुपमा अशक्त, अपाङ्ग बनाउने तथा सरुवा रोग भएकाले यसलाइ नियन्त्रण गर्न औषधि खुवाइने जिल्ला स्वास्थ्य प्रमुख डा. उपाध्यायले बताए ।

सामान्यतः अन्य रोग झैँ ज्वरो आउनु, शरीरमा कम्पन हुनु, हातगोडामा नीलो–कालो धर्सा देखिनु, हातखुट्टा सुन्निएर ठूलो हुनु आदि लक्षण देखिएमा यो रोग लागेको हुनसक्ने कार्यालयले जनाएको छ ।

लामखुट्टेले सार्ने यो रोग भौगोलिक दृष्टिकोणले तराईका जिल्लामा बढी हुने भएपनि धनकुटामा अपेक्षाकृतरुपमा बढी देखिएको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । नेपालमा हात्तीपाइले रोग प्रभावित ६१ जिल्लामा औषधि वितरण कार्यक्रम सञ्चालनमा आएको र यस वर्ष धनकुटामा छैटौँ चरण समापनको कार्यक्रम रहेको थियो ।

सन् २०२० भित्रमा विश्वबाट नै हात्तीपाइले रोग उन्मूलन गर्ने लक्ष्यका साथ नेपालमा पनि सन् २००३ देखि यो अभियान सञ्चालमा आएको निःशुल्क औषधि वितरण कार्यक्रम २ वर्ष नपुगेका बालबालिका, गर्भवती महिला तथा दीर्घरोगीलाई खुवाउन नहुने स्वास्थ्यकर्मीले जनाएका छन् ।

जिल्लामा यो रोगबाट सङ्क्रमण भएका बिरामी पहिचान गरी रोकथामका लागि निरन्तर परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको र अन्य थप वर्षसमेत औषधि वितरणको कार्यक्रम सञ्चालन हुनसक्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस