Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

होली खेलेको रकमबाट शिक्षकलाई तलब


१ चैत्र २०७३, मंगलबार


बैतडी । यो वर्षको होली सकिएसँगै बैतडीका अधिकांश विद्यालयले होली खेलेर जम्मा भएको रकम विद्यालय सञ्चालनमा खर्च गर्ने जनाएका छन् । धेरैजसो विद्यालय निजी स्रोतबाट सञ्चालन भइरहेकाले शिक्षकको तलबमा होलीबाट सङ्कलन भएको रकम खर्च गरिने विद्यालयले जनाएका छन् ।

सुनर्या गाउँपालिका–५ धुलिधारमा रहेको सिद्धनाथ निमाविले होली खेलेर ७५ हजार सङ्कलन गरेको विद्यालयका प्रधानाध्यापक गणेशदत्त अवस्थीले जानकारी दिए ।

यस्तै, दोगडाकेदार गाउँपालिकाको कफलकोटमा रहेको रौलेश्वर माविले होली खेलेर ८० हजार सङ्कलन गरेको र सबओभरसियर पढिरहेका विद्यार्थीको शैक्षिक भ्रमणमा खर्च गर्ने विद्यालयले तयारी गरेको स्थानीय बासिन्दा धनबहादुर भाटले जानकारी दिए ।

जिल्ला दैवीप्रकोप तथा उद्धार समितिले खेलाएको होलीबाट सो रकम सङ्कलन भएको छ । उक्त रकम विपद् जोखिम व्यवस्थापनमा खर्च गरिने सहायक प्रमुख जिल्ला अधिकारी दीपककुमार आचार्यले जानकारी दिए ।

यसैगरी, पाटन नगरपालिकाको वसन्तपुरमा रहेको त्रिपुरेश्वर माविले पनि होली खेली एक लाख १० हजार नगद सङ्कलन गरेको छ । सो रकम निजी स्रोतका शिक्षकको तलबभत्तामा खर्च गरिने विद्यालयका प्रधानाध्यापक नारायणसिंह ठगुन्नाले बताए । रासस

प्रतिक्रिया दिनुहोस