Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विश्व बैंकले सहयोग बढाउने


प्रशासन संवाददाता

३० फाल्गुन २०७३, सोमबार


काठमाडौँ । विश्व बैंकले नेपालमा भूकम्पपछिको पुनःनिर्माणका लागि थप सहयोग गर्ने घोषणा गरेको छ ।

विश्व बैंकका कार्यकारी निर्देशक एन्डिन हडियान्तोले ग्रामीण क्षेत्रमा प्राविधिक जनशक्तिको अभाव, पुनःनिर्माणपछि जनताको जीविकोपार्जन तथा आर्थिक समृद्धिमा सीप विकास र क्षमता बिस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपालका भ्रमणमा रहेका हडियान्तोले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा गोविन्दराज पोखरेलसँगको छलफलपछि भूकम्पपछिको पुनःनिर्माणमा भइरहेको सहयोगलाई थप प्रभावकारी बनाउने बताए ।

उनले पुनःनिर्माणमा देखिएका चुनौतीबारे जिज्ञासा राख्दै विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न परियोजनालाई सफल बनाउन सरकारी संयन्त्रबीच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले पुनःनिर्माणमा देखिएका चुनौतीलाई सामना गर्न विकास साझेदार संस्थाको महत्वपूर्ण भूमिका हुने बताउँदै भूकम्पले भत्किएका निजी आवास, शैक्षिक संस्था र स्वास्थ्य सेवासँग सम्बन्धित संरचनालाई प्राथमिकता दिएर काम गरिरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस