भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु « प्रशासन
prasaLogo
३० फाल्गुन २०७३, सोमबार

भारतमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु


प्रकाशित मिति : 13 March, 2017 9:54 pm

बैतडी । भारतको पिथौरागढमा हिमपहिरामा परी दुई नेपालीको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मृत्यु हुनेमा बैतडी पुर्चौडी नगरपालिका–२ महादेवस्थानका ५० वर्षीय मोहन चन्द र दार्चुला हुती–८ का २१ वर्षीय शरद कुँवर छन् । सोही ठाउँका २० वर्षीय भूपेन्द्र कुँवर भने हिमपहिरामा परी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिए ।

भारत, पिथौरागढ जिल्लाको विकट बुदीको सुवा भन्ने ठाउँमा उनीहरु फागुन २६ गते राति हिमाली च्याउ खोज्न गएको बताइएको छ । दुवैको शव परीक्षणका लागि भारतको धार्चुलामा रहेको एक अस्पतालमा राखिएको तथा बेपत्ताको खोजी जारी रहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै दार्चुला प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस