विद्यालय भवन निर्माण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

विद्यालय भवन निर्माण


प्रशासन संवाददाता

३० फाल्गुन २०७३, सोमबार


पाल्पा । नवदुर्गा माध्यमिक विद्यालय रामपुर पाल्पाको चार कोठे पक्की भवन निर्माण गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय पाल्पाको २४ लाख र विद्यालयको आन्तरिक स्रोत १५ लाख गरी ३९ लाख बराबरको लागतमा भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सहयोग पुगेको प्रधानाध्यापक कृष्णप्रसाद पाण्डेले जानकारी दिए ।

नयाँ भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरप्रसाद देवकोटा बताउँछन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस