इथियोपिया(एजेन्सी) । इथियोपियाको राजधानी अदिस अबाबा नजिकै रहेको एक फोहोर मैला भण्डारणस्थलमा पहिरो जाँदा कम्तिमा ३५ जनाको मृत्यु भएको सहरका प्रवक्ताले फ्रान्सेली समाचार संस्था एएफपीलाई आइतबार बताएका छन् ।
पहिरोमा परी दर्जनौँ मानिस बेपत्ता भइरहेका छन् भने उनीहरूको खोजी कार्य जारी छ ।
शनिबार राति गएको पहिरोले करिब ३० घरलाई पुरेको र २८ जना घाइते भएको प्रवक्ता दग्माबिस मोगेसले जानकारी दिए ।
पहिरोले घर पुरेपछि कैयौँ जना गाउँबाट विस्थापित भएका छन् ।
‘कोसे ल्यान्ड फिल्ड’ स्थलमा गएको पहिरोमा परी दर्जनौँ पुरिएका बताइए पनि क्षतिको विस्तृत विवरण प्राप्त भइसकेको छैन ।