Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

होली विशेष सुरक्षा जाँचमा ६० जना पक्राउ


३० फाल्गुन २०७३, सोमबार


चितवन । होली पर्वको अवसरमा चितवनमा कानुन विपरीत गतिविधि गर्ने ६० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार चितवनका विभिन्न क्षेत्रमा प्रहरी परिचालन गरी अवाञ्छित गतिविधि गर्ने, सवारी नियम उल्लङ्घन गर्ने, नशालु पदार्थ खाने र मापसे गरेर सवारी चलाउने गरी ६० जनालाई कारबाही गरिएको चितवन प्रहरीले जनाएको छ ।

होली पर्वलाई शान्तिपूर्ण बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय चितवनको होली विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी टोलीले जिल्लाका विभिन्न क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

आइतबार जिल्लाभर ३७८ जना प्रहरी परिचालन गरिएको, २७ स्थानमा चेक प्वाइन्ट र सात स्थानमा चेकिङ तथा आवश्यकताअनुसार सादा पोसाकमा समेत प्रहरी खटाइएको प्रहरीले जनाएको छ ।

सो क्रममा सवारी नियम उलङ्घन गरी सवारी चलाउने ३९ जना, मापसे गरी मोटरसाइकल चलाउने ११ जना र बोलेरो चालक एक जना तथा नशालु पदार्थ सेवन गर्ने नौ जनालाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । आइतबार पहाडी क्षेत्रमा होली भए पनि चितवनमा धुमधामले होली मनाइएको छ । चितवनमा आज पनि होली मनाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस