Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

गौतम हत्याविरुद्ध बैद्य माओवादीले देशव्यापी विरोध प्रदर्शन गर्ने


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीले नेपाल भित्रै प्रवेश गरेर नेपाली युवाको हत्या गर्ने र सीमा अतिक्रमण गर्ने भारतीयको व्यवहार अक्षम्य रहेको जनाएको छ ।

पार्टीको केन्द्रीय सचिवालयको बैठकपछि आइतवार जारी गरिएको विज्ञप्तिमा भारतीय पक्षको ज्यादतिविरुद्ध आगामी चैत ५ गते देशव्यापी रुपमा विरोध गर्ने जनाएको छ ।

अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा विशेष, संरक्षित क्षेत्र र स्थानीय स्वायत्ततापछि मात्रै स्थानीय तहको निर्वाचन गर्नु उपयुक्त हुने उल्लेख गरेका छन् ।

बैठकले राष्ट्रियता, जनतन्त्र एवम् जनजीविकाको पक्षमा विभिन्न कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ भने नेपाल–भारत सीमा क्षेत्रमा भारतीय पक्षले गरेको ज्यादतिको भारत सरकारबाट माफी माग्नुपर्ने उल्लेख गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस