भारतमा पटाका कारखानामा आगलागी, पाँचको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतमा पटाका कारखानामा आगलागी, पाँचको मृत्यु


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


नयाँदिल्ली(एजेन्सी) । दक्षिणी भारतीय राज्य तामिल नाडुमा अवस्थित एक पटाका कारखानामा भएको आगलागीमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

तालिम नाडुको प्रान्तीय राजधानी चेन्नाई सहरबाट ४३ किलोमिटर दक्षिणमा रहेको बिरुधुनगार जिल्लामा रहेको सिभकासी सरहमा अवस्थित पटाका कारखानामा आगलागी भएको जनाइएको छ ।
यस आगलागीमा परी तीन महिलासहित पाँच व्यक्तिको मृत्यु हुनको साथै अन्य चार जना घाइते भएका छन् ।
यस घटनामा मारिएका र घाइते भएका व्यक्ति पटाका कारखानामा काम गर्ने स्थानीय बासिन्दा रहेका बताइएको छ । घटनामा घाइते भएका व्यक्तिलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस