Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

लोहनीद्वारा राप्रपा परित्यागको घोषणा


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


काठमाडौं । राप्रपा नेता प्रकाशचन्द्र लोहनीले पार्टी त्याग गरेका छन् ।
आइतवार दिउसो पत्रकार सम्मेलन गरी लोहनीले पार्टी त्याग गरेको घोषणा गरेका छन् । यसअघि उनले पार्टी अध्यक्ष कमल थापालाई तीन पृष्ठ लामो पत्र लेख्दै पार्टीको चुनाव चिन्ह हलो छाडेको, सरकारमा जानेबारे आफूखुसी निर्णय गरेको, राजदूतलगायतका राजनीतिक नियुक्ति सिफारिसमा सल्लाह नगरेको भन्दै उनले असन्तुष्टि जनाएका थिए ।

लोहनी २०४७ सालमा पार्टी स्थापना भएयता निरन्तर विभिन्न तहमा रहेर काम गरेका नेता हुन् । तीन साताका लागि उनी पार्टीको राष्ट्रिय अध्यक्षसमेत भएका थिए ।
एकता महाधिवेशनपछि विधानलाई उपेक्षा गरेको, महाधिवेशनमा भएका समझदारी लत्याएको तथा पार्टीलाई स्वार्थपूर्तिको औजारमात्रै बनाएको भन्दै उनले यस अवस्थामा आफू पार्टीभित्र रहन सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।

लोहनीले पार्टीको झण्डा र चुनाव चिन्हका विषयमा यसअघि भएका सहमति तोडिएको उल्लेख गरे ।
मधेसवादी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने स्पष्ट पारिसकेपछि सरकार टिकाउन राजनीतिक सौदा गरी सत्तामा जानु दुर्भाग्यपूर्ण रहेको लोहनीले बताए ।

नेता लोहनीले सीमामा नेपाली मारिएकोलगायतका विषयमा पार्टीमा छलफल नगरी संकटको फाइदा उठाई सरकारमा गएर अवसरवादी चरित्र देखाएको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस