सदनबाटै राजनीतिक अन्यौलताको समाधान खोजिनुपर्छः रिजाल « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

सदनबाटै राजनीतिक अन्यौलताको समाधान खोजिनुपर्छः रिजाल


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


म्याग्दी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले मुलुकलाई संसद्बाटै समाधान दिनुपर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको साक्षात्कारमा रिजालले मधेस केन्द्रित दलले हठ र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले दम्भ नत्यागेसम्म मुलुकले निकास नपाउने बताए । उनले एमालेले संविधान संशोधन नमान्ने र मधेस केन्द्रित दलले हाल निर्वाचन नमान्ने अवस्था रहेकाले दलबीचको सम्झौताले मात्रै वर्तमान समस्याको समाधान हुने बताए ।

रिजालले संविधान जारी गर्दा नै तत्कालीन प्रमुख तीन राजनीतिक दलले मधेस केन्द्रितलगायत अन्य विभिन्न क्षेत्र र समुदायका जायज विषयलाई संविधान संशोधनमार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाइसकेको स्मरण गर्दै विगतको प्रतिबद्धताबाट कोही पनि पन्छिन नमिल्ने बताए ।

मधेस केन्द्रित दललाई संसद्बाटै आफ्ना माग सम्बोधन गराउन सुझाव दिँदै नयाँ निर्वाचनको जनमतअनुसार संविधानलाई थप परिमार्जन गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिँदै उनले कञ्चनपुर घटनामा भएको भारतीय कमजोरीलाई कूटनीतिक तवरबाटै ध्यानाकर्षण गराइएको जानकारी दिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस