निर्वाचन आयोगद्वारा उम्मेदवारका लागि खर्चको सीमा निर्धारण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निर्वाचन आयोगद्वारा उम्मेदवारका लागि खर्चको सीमा निर्धारण


प्रशासन संवाददाता

२९ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३१ का लागि तय गरेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरुले खर्च पाउने सीमा तोकेको छ ।

आयोगले स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसारलगायतका अन्य कार्यमा खर्च गर्न पाउने विषयमा हद तोकेको हो ।

आयोगका अनुसार जिल्ला समन्वय समितिका वडा सदस्यले सबैभन्दा कम खर्च गर्न पाउनेछन् । वडा सदस्यले बढीमा एक लाख ५० हजार र सबैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।

वडा सदस्यले बढीमा एक लाख ५० हजार र सबैभन्दा धेरै खर्च गर्न पाउने महानगरपालिकाका प्रमुख र उपप्रमुखले सात लाख ५० हजार खर्च गर्न पाउने व्यवस्था गरिएको आयोगका प्रवक्ता सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए ।

महानगरपालिकाका वडा अध्यक्षको चुनाव खर्चको सीमा तीन लाख तोकिएको छ भने उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखले पाँच लाख ५० हजार र वडा सदस्यले दुई लाख ५० हजार चुनावमा खर्च गर्न पाउनेछन् ।

यस्तै नगरपालिकाका प्रमुख र उपप्रमुखले चार लाख ५० हजार र वडा सदस्यको खर्च दुई लाखमात्रै गर्न पाउने व्यवस्था गरिएको छ । गाउँपालिका प्रमुख र उपप्रमुखले तीन लाख ५० हजार र वडाअध्यक्षले एक लाख ५० हजार खर्च गर्न पाउनेछन् ।

त्यसबाहेक जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखले दुई लाख ५० हजार र सदस्यले एक लाख ५० हजार खर्च गर्न पाउने गरी आयोगले सीमा तोकेको हो । उम्मेदवारले मतदाता नामावली खरिद, सवारी साधन र घोडा, सवारी इन्धन र दाना, प्रचारप्रसार सामग्री, ढुवानी, कार्यकर्ता परिचालन, कार्यालय सञ्चालनलगायतमा खर्च गर्न पाउनेछन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस