Logo ७ माघ २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

दुर्घटनामा बस चालकको मृत्यु


२९ फाल्गुन २०७३, आइतबार


लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका–२ स्थित सडकखण्डमा आइतवार बिहान बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मिर्चैया नगरपालिका–२ मल्हनिया खोरीमा ना ७ ख २१२१ नं.को बस अनियन्त्रित भई करिब ५० मिटर टाढा खेतमा पुगेपछि हाम फाल्ने क्रममा बस चालक मोरङको विराटनगर उपमहानगरपालिका–११ निवासीे ५० वर्षीय राजन श्रेष्ठको बसको चक्कामुनि परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान ५ बजेतिर काठमाडौँबाट विराटनगर आउँदै गरेको उक्त बस अनियन्त्रित भई सडकबाट तल खस्दा हाम फाल्ने क्रममा चक्काले किचेर बस चालक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको र बसमा सवार अन्य यात्रु भने सकुशल रहेको इलाका प्रहरी कार्यालय, मिर्चौयाले जनाएको छ ।

यसैगरी सिराहा नगरपालिका–७ स्थित सडकमा ज ६ प ९३०८ नं.को मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सिरहाको मिर्चैया नगरपालिका–४ निवासी २५ वर्षीया सरितादेवी साहको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस