राष्ट्रपतिद्वारा होलीको शुभकामना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिद्वारा होलीको शुभकामना


२९ फाल्गुन २०७३, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नेपालीले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने नेपालीको महान् पर्व फागुपूर्णिमा जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम सङ्गमका रुपमा रहेको हाम्रो मुलुकमा यस पर्वलाई सबै नेपालीले खुसी र मनोरञ्जन साटासाट गर्न प्रेरणा प्रदान गर्ने बताएकी छन् ।

फागुपूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले एक शुभकामना सन्देश दिदै विभिन्न रङहरुमा रङ्गिएर हर्षोल्लासपूर्वक धूमधामले मनाउने यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव कायम गर्दै एकताको सन्देशसहित हामीबीच बन्धुत्व, पारस्परिकता र राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको बताएकी छन् ।

मुलुकमा मनाइने यी र यस्ता विविध चाडपर्व र संस्कृतिहरुको संरक्षण तथा संवद्र्धन गर्दै समृद्धितर्फको यात्रा तय गर्नु हाम्रो वर्तमानको दायित्वसमेत रहेको उनको भनाइ छ ।

राष्ट्रपतिले यस महान् पर्वले सबै नेपालीमा खुसीका रङहरु छर्दै नयाँ उमङ्गसहित हर्षोल्लास र शान्तिको सन्देश फैलाउन सकोस् र सबै नेपालीबीचको एकता, सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्दै सबै चाडपर्व, भाषा, वेशभूषा, संस्कृति एवम् परम्पराको संरक्षण र संवद्र्धन गर्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकि छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस