देउडा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

देउडा


२८ फाल्गुन २०७३, शनिबार


बाजुरा बैतडी अछाम, डडेल्धुरा डोटी
संस्कृत को धनी ठाउँ, घुमी जाउ एकचोटी

दोधारा चाँदनी पुल, कञ्चनपुर जिल्ला
भीमदत्तले बचाएको, सु.प. को लाल किल्ला

दार्चुलाको गोकुलेश्वर, बैतडी पाटन
कसा होलान् साथी सङ्गी, जाउ लाग्छ भेटन

डोटीको जोरायल राम्रो, अछाम रामारोशन
जति हेर्या धित नमर्ने, जाउ लाग्छ अझै झन

हरिया धानका चुल्ठी कैलालीको शान
चौधरी पहाडी बस्ती, एकै छ ईमान

कैलै होली कैलै माघी, कहिलै खेल्ने देउडा
सब संस्कृतको सम्मान दिन्या, हाम्रो सुप एउटा

पुत्ला खेल्ने ठाडी भाका, छलियाको नाच
मिलेर बस्याको बस्ती तराई पहाड माझ

डोटेली मूल भाषा हाम्रो, खस राज्यका दरा
बचाउ भाषा संस्कृत लाई, लिनु केनै छर

पहलमानसिङ साहित्यकार, भीमदत्तका चेला
अखण्ड सुप हो हाम्रो, नहोस् कहिल्यै हेला

Tags :
प्रतिक्रिया दिनुहोस