कहाँकम यिनीहरुलाई, बढी लगाउनुछ
यी भ्रष्टहरुलाई त, हतकडी लगाउनुछ
भोक के हो, सिटामोल के हो, पत्ता लगाउन
यो सरकारलाई बाजुरा, मार्तडी लगाउनुछ
क्रिकेट अनि साहित्यको, लोकप्रियता बुझ्न
त्यो सिङ्गो राजधानीलाई, धनगढी लगाउनुछ
भन मिठो मसिनो, कहाँबाट ल्याउ बावु
जाउ चुलोमा आज पनि, खिचडी लगाउनुछ
यो समर्पणको दिलमा, प्रवेश निषेध गर्न
त्यो ढोकामा चुक्कुल, छडी लगाउनुछ