आमा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

आमा


२८ फाल्गुन २०७३, शनिबार


सधैजसो, काखमा च्याप्प च्यापेर
गालामा म्वाँई खादै,
टाउको सुम्सुम्याएर भन्ने गर्थेउ
ऊ पनि तिम्रो भाइ हो ।
ऊ पनि तिम्रो भाइ हो ।
मिलेर बस,
भएको बाँडीचुडी खाउ
तर, आज मेरी आमामाथि
हातपात गर्दा
मभित्रको पुत्रत्व चुपलागेर
बस्न सकेन,
आइ लाग्ने माथि जाइ लाग्ने
मेरो रगत सेलाउन सकेन,

आमा,
मेरो छातीमा निसंकोच
गोली चलाउँदा
परैबाट भएपनि
किन भन्न सकिनौ की ,
यो तिम्रो भाइ हो ।
तिमीले यसको रगतले हाली खेल्दा,
तिमी भित्रको मानवताले,
किन तिम्रो मुटु कम्पाएन ?
मेरी आमा म खुसी छु ।
कसैको हेपचेप र दबाबमा
निउनुभन्दा बहादुरीका साथ
छाती चिरेर, मेरी आमाको
हृदयमा जिवित रहन पाए ।
आमा सकिन्छ भने
दूर–दराजका वस्ती सम्म
शान्ति फैलाउनु, शान्ति फैलाउनु …….।

Tags :
प्रतिक्रिया दिनुहोस