छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैनः ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छिमेकीको अहङ्कारी व्यवहार स्वीकार्य छैनः ओली


२७ फाल्गुन २०७३, शुक्रबार


हेटौँडा । सप्तरीको राजविराज घटनापछि स्थगित नेकपा (एमाले)को मेची महाकाली राष्ट्रिय जागरण अभियान शुक्रवार हेटौँडाबाट पुनः सुरु भएको छ ।

शुक्रवार आयोजित सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल समानता र पारस्पारिक लाभका आधारमा छिमेकी देशसँग मित्रता कायम राख्न चाहन्छ तर भूगोलका हिसाबले अहङ्कारी व्यवहार हामीलाई स्वीकार्य छैन भने । उनले राजविराजको घटनामा सत्ताधारी दलहरुको नियत के हो भन्ने प्रस्ट हुनुप¥यो भन्दै सो घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री ओलीले कञ्चनपुरमा भारतीय एसएसबीले गरेको घटना निन्दनीय छ भने ।

सभामा एमाले महासचिव ईश्वर पोखरेलले ‘एमालेविरुद्ध जबर्जस्त मोर्चाबन्दी भइरहेकाले एमालेको राष्ट्रवादी आन्दोलन सही हो भन्ने पुष्टि भएको’ बताउँदै राष्ट्रियताका लागि जनतालाई एक जुट बनाउन एमाले लागिरहन्छ भने ।

एमालेको जनजागरण अभियानको ¥याली शनिबार हेटौँडाबाट सुरु भएर चितवन हुँदै नवलपरासी पुग्ने कार्यक्रम रहेको जनाइएको छ । अभियान यही फागुन २१ गतेदेखि झापाबाट सुरु भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस