Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति


२७ फाल्गुन २०७३, शुक्रबार


भक्तपुर । जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विभिन्न बिद्यालयका १ देखि १२ कक्षासम्म अध्ययनरत नौसय विद्यार्थीलाई बिहीबार जनक खड्का छात्रवृत्ति कोषले १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

हाल जर्मनीमा बसोबास गर्दै आएका भक्तपुरको दधिकोटस्थित अरनिको उच्च माविका पूर्वविद्यार्थी किरण खड्का र दुर्गा खड्काले आफ्नो छोरा जनक खड्काको स्मृतिमा स्थापना गरेको कोषबाट विद्यार्थीलाई नगद, स्टेसनरी, विद्यालय पोसाक र ट्र्याक सुटलगायत शैक्षिक सामग्री वितरण गरेको हो ।

कोषले अरनिको उच्च माविका चारसय, अरनिको स्रोत केन्द्र अन्तर्गतका १२ विद्यालयका एकसय ५०, श्रीगणेश भारती मावि काभ्रेका दुईसय ५०, बालसुधार मावि गोकर्णका सय, त्रिभुवन उच्च मावि गुल्मीका दुईसय, पृथ्वी उच्च मावि गुल्मीका दुईसय विद्यार्थीलाई विद्यालयमा आयोजित कार्यक्रममा छात्रवृत्ति प्रदान गरेको कोषका अध्यक्ष सानुबाबु खड्काले जानकारी दिए ।

कोषले अरनिको उच्च माविका एकसय २० विद्यार्थीलाई नगद छात्रवृत्ति र अन्य विद्यार्थीलाई विद्यालय पोसाक र स्टेसनरी वितरण गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम खड्काले बताए । गुल्मीका दुई विद्यालयका चार छात्रालाई नगद रु सात हजारसहित पोसाक वितरण गरेको छ भने अन्य विद्यार्थीलाई विद्यालय पोसाक, ट्र्याक सुट र स्टेसनरी सामग्री वितरण गरेको कोषका अध्यक्ष खड्का जानकारी दिए ।

कार्यक्रममा कोषले भक्तपुरको दधिकोटस्थित गणेश मन्दिर निर्माणका लागि दुई लाख एक हजार र गुण्डु किवाचोस्थित कृष्ण मन्दिर निर्माणका लागि ५१ हजार सहयोग प्रदान गरेको छ ।

कोषले ३० लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरी त्यसबाट प्राप्त हुने ब्याज र खड्का दम्पतीले जर्मनीबाट सङ्कलन गर्ने सहयोग रकमबाट प्रत्येक वर्ष जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस