कमल थापा उपप्रधान तथा स्थानीय विकास र गिरीलाई पर्यटन मन्त्रालयको जिम्मा « प्रशासन
prasaLogo
२६ फाल्गुन २०७३, बिहीबार

कमल थापा उपप्रधान तथा स्थानीय विकास र गिरीलाई पर्यटन मन्त्रालयको जिम्मा


प्रकाशित मिति : 9 March, 2017 10:19 pm

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीको जिम्मेवारी दिइएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री थापालाई पद तथा गोपनीयताको सपथ खुवाइन् ।

यस्तै राप्रप्राका तर्फबाट नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री दिलनाथ गिरीलाई पनि राष्ट्रपतिले पद तथा गोपनीयताको सपथ गराइन् । मन्त्रिपरिषद्मा केही हेरफेरसमेत गरिएको छ । संस्कृतिमन्त्री रहनुभएका जीवनबहादुर शाहीलाई खानेपानी तथा सरसफाइमन्त्री तथा खानेपानीमन्त्री प्रेमबहादुर सिंहलाई विज्ञान तथा प्रविधि मन्त्रालयको कार्यभार तोकिएको छ ।

राप्रपाका तर्फबाट पर्शुराम तामाङलाई संस्कृति राज्यमन्त्रीको जिम्मा दिइएको छ । उनको पद तथा गोपनीयताको सपथ भने शुक्रबार गराइनेछ । समारोहमा उपराष्ट्रपति, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख तथा प्रतिनिधि, सांसद एवम् विभिन्न राजनीतिक दलका नेता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस