निर्वाचनमा अन्तर्घात गर्ने र अनुशासन तोड्नेलाई कडा कारबाही गर्ने देउवाको चेतावनी « प्रशासन
Logo ४ कार्तिक २०७८, बिहिबार
   

निर्वाचनमा अन्तर्घात गर्ने र अनुशासन तोड्नेलाई कडा कारबाही गर्ने देउवाको चेतावनी


प्रशासन संवाददाता

२६ फाल्गुन २०७३, बिहिबार


पोखरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी स्थानीय तहको निर्वाचनमा लोकप्रिय व्यक्तिलाई अघि सारिने बताएका छन् ।

काँग्रेस पोखरा नगर सम्मेलनको बिहीवार उद्घाटन गर्दै सभापति देउवाले तेरो र मेरो मान्छे भनेर टिकट दिन थाल्यौँ भने स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई विजय प्राप्त गर्न कठिन हुने बताउँदै पार्टीले उम्मेदवारको किटान गरिसकेपछि हराउन खोज्ने, अन्तर्घात गर्ने र अनुशासन तोड्नेलाई कडा कारबाही गरिने चेतावनी दिए ।

उनले स्थानीय निर्वाचन नजिकै आइरहेकाले पार्टी कार्यकर्तालाई गाउँ गाउँमा गएर जनताका सुखदुःखमा साथ दिन आग्रह गरे ।

उनले काठमाडौँ महानगरपालिकापछि दोस्रो ठूलो पोखरा–लेखनाथ महानगरपालिका एक पर्यटकीय नगरी पनि भएकाले यहाँको पर्यटनको विकास गर्नुपर्नेमा जोड दिए ।
काँग्रेस नेता डा मीनेन्द्र रिजालले संविधान संशोधन हुनै नदिने प्रतिपक्षी र आपूmले भनेजस्तो सबै हुनुपर्ने मधेसी मोर्चा दुवैलाई अतिवादी सोच त्यागेर एउटा मिलनविन्दुमा आउन आग्रह गरे । रासस

प्रतिक्रिया दिनुहोस