Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

चोथौ दिन पनि सप्तरी बन्द


प्रशासन संवाददाता

२६ फाल्गुन २०७३, बिहिबार


राजविराज । प्रहरीको गोली लागेर सप्तरीमा चारजना मधेसी मोर्चा कार्यकर्ताको मृत्यु भएको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले अह्वान गरेको अनिश्चितकालीन बन्द कार्यक्रमअन्तर्गत आज चौथो दिन पनि यहाँको जनजीवन प्रभावित भएको छ ।

मोर्चाको बन्दको कारण सप्तरी सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् भने पूर्व–पश्चिम राजमार्गको भारदह, कञ्चनपुर, कल्याणपुर र रुपनीलगायतका ठाउँमा यातायात ठप्प रहेको प्रहरीले जनाएको छ ।

मधेसी मोर्चाले नेकपा एमालेका नेता तथा कार्यकर्ताको घर तोडफोड गरेपछि सो पार्टीका कार्यकर्ता अत्यन्त भयभित भएको र कतिपय कार्यकर्ता पलायन भएको एमालेका कार्यकर्ताले बताएका छन्

प्रहरीको गोली लागेर चारजना मोर्चाको कार्यकर्ताको मृत्यु भएको र प्रहरीले दमन गरेको विरोधमा सप्तरी जिल्ला अनिश्चितकाल बन्द कार्यक्रमअन्तर्गत जिल्लामा यातायात, कलकारखाना, उद्योगधन्धा, शौक्षिक संस्थालगायत सबै आज पनि बन्द गराएको हो ।

बन्द सफल गराउन आक्रोशित मधेसी मोर्चा कार्याकर्ता आज पनि बिहानैदेखि ठाउँ ठाउँमा प्रदर्शन गर्दै बन्द गराइरहेका बताइएको छ । नेकपा एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा आयोजना गरिएको जनसभालाई बिथोल्न पुगेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार झडप भएको थियो ।

मधेसी मोर्चाले नेकपा एमालेका नेता तथा कार्यकर्ताको घर तोडफोड गरेपछि सो पार्टीका कार्यकर्ता अत्यन्त भयभित भएको र कतिपय कार्यकर्ता पलायन भएको एमालेका कार्यकर्ताले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस