Logo ४ माघ २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

स्थानीय तह निर्वाचनको वातावरण बनेनः नेता पौडेल


२६ फाल्गुन २०७३, बिहिबार


चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताएका छन् ।

जिल्ला विकास समिति महासङ्घ नेपालले आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको वातावरण तयार नहुने बताए ।

उनले आगामी माघसम्ममा तीनवटै तहको निर्वाचन सम्पन्न नभए संविधान खारेजी हुने बताउनुहुँदै सबै दल निर्वाचन गराउने वातावरण तयार गर्न लाग्नुपर्ने बताए ।

उनले भने “तीनतहको निर्वाचन तोकिएको समयमा नभए देश सङ्कटमा फस्छ ।” समस्याको निकास निकाल्न नसके दलको योग्यतामाथि नै प्रश्न उब्जिने उनले बताए । उनले भने “कतै यो पुस्ता नै राजनीतिमा असफल त हुँदैन भन्ने डर बढेको छ ।” निर्वाचनबाट मधेसी मोर्चालाई बाहिर राख्न नहुने बताउँदै उनले संविधान जारी गर्दा मोर्चा बाहिर भएका कारण अहिले समस्या देखिएको बताए ।

हिमाल, पहाड र तराईको एकतामा नै राष्ट्रियता भएको बताउदै वरिष्ठ नेता पौडेलले तीन ठूला राजनीतिक दल र मधेसी मोर्चाबीचमा सत्ताका लागि नभई व्यवस्थाका लागि सहमति आवश्यक रहेको बताए ।

“यसले नै राष्ट्रिय एकता कायम गर्छ” पौडेलले भने । सप्तरी घटना दुःखद् भएको बताउँदै वरिष्ठ नेता पौडेलले घटनाले मधेसी मोर्चाको माग सम्बोधन नभएको र कुनै पनि दल कुनै पनि कार्यक्रम लिएर तराई जान नसक्ने वातावरण बन्नुले निर्वाचनलाई बाधा पुगेको बताए ।

कार्यक्रममा सांसदहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, रामचन्द्र पोखरेल, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पुस्तकका लेखक कृष्णलाल सापकोटा लगायतले बोलेका थिए । पुस्तकमा सापकोटाको राजनीतिक, सामाजिक जीवन र आन्दोलनका बारेमा चर्चा गरिएको छ । कार्यक्रम महासंघका सभापति कृष्णप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस