Logo १ फाल्गुन २०८१, बिहिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

सप्तरी घटनाको छानबिन गर्न प्रहरीको टोली गठन


प्रशासन संवाददाता

२५ फाल्गुन २०७३, बुधबार


राजविराज । प्रहरीको गोली लागेर चार जना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको घटनाको छानबिन गर्न पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनरगरले बुधवार तीन सदस्यीय छानबिन टोली गठन गरेको छ ।

अञ्चल प्रहरी कार्यालय कोसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम कार्कीको संयोजकत्वमा छानबिन टोली गठन गरिएको पूर्वक्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश भट्टराईले बताए। छानबिन टोलीमा पूर्वक्षेत्रीय प्रहरी गणका प्रहरी उपरीक्षक भीमप्रसाद ढकाल र क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विद्यानन्द माझी सदस्य छन् ।

टोलीले बिहीवारदेखि आफ्नो काम सुरु गर्ने बताइएको छ । टोलीलाई घटनामा गोली चलाउनुपर्ने अवस्था, सुरक्षाकर्मीको संयोजन विधिसम्मत् थियो÷थिएन, सुरक्षाकर्मीको नेतृत्व गर्नेको कमजोरी भए÷नभएकोलगायत विषयमा छानबिन गरी अविलम्ब समीक्षात्मक प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको डिआइजी भट्टराईले जानकारी दिए ।

यसैबीच, सप्तरी घटनापछि उत्पन्न परिस्थितिलाई सामन्यीकरण गर्न बुधवार राजविराजमा स्थानीय प्रशासन र संयुक्त लोकतात्रिक मधेसी मोर्चाबीच वार्ता भएको छ । निमित्त प्रजिअ एवम् प्रशासकीय अधिकृत प्रेमप्रसाद उपाध्यायले मोर्चा र प्रशासनबीच भएको सो वार्तामा मोर्चाले घटनामा परी मृत्यु भएकालाई सहिद घोषणा, क्षतिपुर्ति, घाइतेको उपचार र गोली चलाउनेलाई कारबाही गर्ने माग गरेको बताए ।

नयाँ प्रजिअ जिल्ला आएपछि मात्र वार्ता भई शव बुझ्ने सहमति भएको मोर्चाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस