Logo २९ पुस २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

राप्रपा कसैले परित्याग नगरेको स्पष्टोक्ति


प्रशासन संवाददाता

२५ फाल्गुन २०७३, बुधबार


पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन र कटिवद्ध कार्यकर्ताप्रति ईस्या गर्ने तत्वले पार्टी विरुद्ध अनर्गल प्रचारबाजी गरेको भन्दै लुम्फाबुङ राप्रपाले दुःख व्यक्त गरेको छ, दुष्प्रचारको भत्र्सना गरेको छ ।

यस्तो भ्रामक प्रचारवाजीको निन्दा र भत्र्सना गर्न चाहन्छु,’ राप्रपा लुम्फाबुङ गाउँ कार्य समितिका अध्यक्ष चन्द्रबहादुर सम्बाहाम्फेले विज्ञप्ति जारी गर्दै प्रष्ट पारेका छन् ।

‘स्वर्गीय नेता पद्मसुन्दर लावती जीवित हुँदा मात्र नभएर उनको मृत्युपर्यन्त पनि उनले देखाएको बाटोमा हामी अडिग छौं । जबकी नेता लावतीबाट धेरै लाभ लिने व्यक्तिहरु पार्टी, पार्टी चाहर्दैछन्, कपोल्कल्पित प्रचारबाजी गर्दैछन् । हामी त्यस्तो पदलोलुप, अवसरवादी होइनौं,’ अध्यक्ष सम्बाहाम्फे बताउछन् ।

राप्रपाका वृद्ध सदस्य बल बहादुर लावती त्यस्तै गलत प्रचारबाजीको ज्वलन्त उदाहरण हुन् । बल बहादुर भन्छन्, ‘फोरम पार्टीको कार्यक्रममा प्रेमराज लावतीले आमन्त्रण गरेपछि राप्रपाको प्रतिनिधि भएर गएँ, तर मैले पार्टी प्रवेश गरेँ भनेर सामाजिक संजाल गलत सुचना जारी गरेछ, दुःख लाग्यो । साँस रहुन्जेल म राप्रपा छाड्दिन, सत्य यही हो ।’

प्रतिक्रिया दिनुहोस