सप्तरी घटनाले पार्टी स्तब्ध – अध्यक्ष वैद्य « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

सप्तरी घटनाले पार्टी स्तब्ध – अध्यक्ष वैद्य


प्रशासन संवाददाता

२४ फाल्गुन २०७३, मंगलबार


काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)ले सोमबार सप्तरीमा भएको झडपमा प्रहरीको गोली लागी तीन जनाको मृत्यु भएको घटनाले पार्टी स्तब्ध भएको जनाएको छ ।

अध्यक्ष मोहन वैद्यले मंगलवार जारी गरेको विज्ञप्तिमा यो वर्तमान राज्यसत्ता र व्यवस्थाकै असफलताको ठोस उदाहरण भएको उल्लेख छ ।

समस्याको समाधान गर्न नसक्ने सरकार मुख्य दोषी देखिन्छ भने सभा गर्ने स्वतन्त्रता भए पनि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसक्ने एमालेसमेत जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष वैद्यले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस