आत्मरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाउनु परेको गृह मन्त्रालयको स्पष्टोक्ति « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

आत्मरक्षाका लागि सुरक्षाकर्मीले गोली चलाउनु परेको गृह मन्त्रालयको स्पष्टोक्ति


प्रशासन संवाददाता

२३ फाल्गुन २०७३, सोमबार


काठमाडौँ । गृह मन्त्रालयले सप्तरीको घटनामा तीन जनाको मृत्यु भएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले नेकपा एमालेले आयोजना गरेको जनसभा बिथोल्न मधेसी मोर्चाका कार्यकर्ताले पूर्व घोषणा गरेको कार्यक्रमका कारण दुःखद घटना हुन पुगेको बताए ।

उनले उक्त घटनामा मोर्चातर्फ एक जना गम्भीर घाइते र सात जना घाइते भएको विवरण प्राप्त भएको उल्लेख गर्दै सुरक्षाकर्मीतर्फ नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरी बलका १३ जना घाइते भएका जानकारी दिए ।

प्रवक्ता पन्थीले भने, “मोर्चा र एमालेका बीचमा पर्खालका रुपमा सुरक्षा निकायले भूमिका निर्वाह गरिरहेको थियो, मोर्चाका कार्यकर्ताबाट सुरक्षाकर्मीमाथि ढुङ्गा मुढा, भाला र पेट्रोल बम प्रहारसहितको आक्रमण गर्यो, प्रहरीले आत्मरक्षाका लागि अश्रु ग्यास, हवाई फायर र रबरका गोली प्रयोग गर्दा पनि भीड नियन्त्रणमा नआएपछि ठूलो क्षति हुनबाट जोगिनका लागि बाध्य भएर गोली चलाउनु परेको हो ।” रासस

Tags :
प्रतिक्रिया दिनुहोस