एमालेको अभियानमा अवरोध गर्न मोर्चाद्वारा सप्तरीमा यातायात बन्द « प्रशासन
prasaLogo
२३ फाल्गुन २०७३, सोमबार

एमालेको अभियानमा अवरोध गर्न मोर्चाद्वारा सप्तरीमा यातायात बन्द


प्रकाशित मिति : 6 March, 2017 11:33 am

सप्तरी। नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज सप्तरी जिल्लामा यातायात ठप्प पारेको छ ।

मोर्चाको बन्दको कारण सप्तरीमा लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन् ।
एमालेले अभियान कार्यक्रमअन्तर्गत राजविराजको औद्योगिक क्षेत्रमा गर्ने आमसभालाई बिथोल्नका लागि चक्काजाम गरिएको मोर्चाले जनाएको छ ।

साथै मोर्चाले आज बिहान लाँठी जुलुस समेत प्रदर्शन गरेको छ । उता स्थानीय प्रशासनले कुनै अप्रिय घटना हुन नदिन शान्ति सुरक्षा कडा पारेको जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस