Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

विद्यार्थीलाई देश र जनताका निम्ति प्रस्तुत हुन प्रधानमन्त्रीको आग्रह


प्रशासन संवाददाता

२२ फाल्गुन २०७३, आइतबार


विराटनगर । प्रधानमन्त्री एवम् पूर्वाञ्चल विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले विश्वविद्यालयद्वारा आयोजित समारोहमा आठ हजार ७६४ उपाधि प्राप्त गरेका विद्यार्थीलाई दीक्षित गरेका छन् ।

सोमध्ये कला, शिक्षाशास्त्र, कानुन, व्यवस्थापन, चिकित्साशास्त्र र विज्ञान तथा प्रविधि सङ्कायका स्नातकोत्तर गरेका एक हजार ५०६ जना र सात हजार २५८ जना स्नातक तहका विद्यार्थीलाई दीक्षित गर्नुका साथै सर्वोत्कृष्ट अङ्क प्राप्त गरेका विभिन्न सङ्कायका विद्यार्र्थीलाई पुरस्कार तथा प्रशंसापत्रद्वारा सम्मान गरियो ।

सो अवसरमा प्रधानमन्त्री एवम् कुलपति दाहालले दीक्षित भएका विद्यार्थीलाई देश, जनता र आफ्नो भविष्यको निम्ति जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरे ।

राष्ट्र समुन्नत, समृद्ध, एकताबद्ध र स्वाधीन रहिरह्यो भने विश्वको कुनै पनि कुनामा नेपालीको सीमा चौडा हुने र गौरवान्वित महसुस गर्ने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “मुलुक गरिब रहेको अवस्थामा हेप्ने र हीनभावनाबाट ग्रसित हुने अवस्था आउँछ, तसर्थ मुलुकको विकासमा एकजुट भएर लाग्नु पर्दछ ।”

प्रकृतिले दिएको साधन स्रोतलाई सदुपयोग गरी औसतभन्दा माथि जीवनयापन गर्ने र सामाजिकता साथ मानव जातिको हितमा केन्द्रित भएर कार्य गर्न विद्यार्थीलाई आह्वान गरे ।
विसं २०५२ मा स्थापना भएका मुलुकको दोस्रो ठूलो विश्वविद्यालयबाट विभिन्न सङ्कायमा झन्डै ८८ हजार विद्यार्थीले स्नातकोत्तर र स्नातकको उपाधि प्राप्त गरेका छन् । यस विश्वविद्यालयसँग पाँच आङ्गिक क्याम्पस तथा सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस