Logo ३ फाल्गुन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बस भित्रै जलेर मृत्यु


प्रशासन संवाददाता

२१ फाल्गुन २०७३, शनिबार


दाङ । घोराहीमा एक व्यक्तिको बस भित्रै जलेर मृत्यु भएको छ ।

घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना३ख ९०२२ नंको बसमा शुक्रवार राति आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर मृत्यु भएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ । मृत्युहुनेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् । उनको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ ।

पार्किङ गरेको बसमा कसरी आगो लाग्न पुग्यो र मृतक को हुन् भन्ने सवालमा अनुसन्धान सुरु भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव स्वस्थ्य परीक्षणका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । आगो लागेको बस भने घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस