अनिल शाहले खिचेका तस्बिर सार्वजनिक « प्रशासन
prasaLogo
२० फाल्गुन २०७३, शुक्रबार

अनिल शाहले खिचेका तस्बिर सार्वजनिक


प्रकाशित मिति : 3 March, 2017 11:47 pm

काठमाडौँ । मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले खिचेका देशका धार्मिक र पुरातात्विक सम्पदा, हिमाल र जनावरको तस्बिर सार्वजनिक भएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले शुक्रवार आयोजना गरेको ‘सेल्फी’ कार्यक्रममा शाहले खिचेका काठमाडौँको सम्पदा, भक्तपुरको पचपन्न झ्याले दरबार, बाघ, गैँडा, हात्ती लगायतका जनावरको तस्बिर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा शाहले तस्बिरको जिवन्तताका बारेमा चर्चा गर्दै स्तरीय तस्बिर खिच्नसके आर्थिक रुपमा पनि सबल बन्न सकिने विचार व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस