‘भारु सटहीमा भारत सकारात्मक’ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘भारु सटहीमा भारत सकारात्मक’


प्रशासन संवाददाता

२० फाल्गुन २०७३, शुक्रबार


काठमाडौँ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले केही समयअघि प्रतिबन्धित गरेका पाँच सय र हजार दरका नोटको नेपालले सटही सुविधा प्राप्त गर्ने बताएका छन्।

उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आएका भारतीय अर्थमन्त्रीले पत्रकारसँग कुरा गर्दै नेपालमा प्रचलित ठूला दरका भारु नोटको सटहीका लागि नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाले आवश्यक ढाँचा तयार गरी सटहीको टुङ्गो लगाइने जानकारी दिए ।

नेपालले पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारण लाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने प्रतिबद्धता जेट्लीले व्यक्त गरे । उनले खासगरी पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आउने विश्वास पनि व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस